|
फाइल फोटो

काठमाडौं : काठमाडौं र ललितपुरबाट जुवा खेलिरहेको अवस्थामा ३४ जनालाई करिब साढे चार लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा नौजनालाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। धादिङको गजुरी गाउँपालिका-६ घर भई नयाँबजारमा पसल गर्दै आएका भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले उनीहरूलाई ३० हजार ३६० रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

यस्तै‚ ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल ओचु हाईटस्थित विनोद श्रेष्ठको ब्याटमिन्टन कोर्टभित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई नगद ४ लाख २९ हजार ५९० रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.