|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

मनोनयनमा पर्नेमा महामन्त्रीमा पराजित रेखा थापा‚ इलामकी लिलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा रहेकी छन्।

यस्तै, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रुपन्देहीकी स्वाती थापा, कपिलवस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौंकी सावित्रा थापा रहेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख  मोहन श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.