|

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लब पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २-१ ले पराजित गर्दै  मनाङ अन्तिम चारमा प्रवेश गरेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मनाङले सानदार पुनरागमन गर्‍यो। १ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकाल्ने क्रममा मनाङका अन्जन विष्ट र विमल राना मगरले समान एक-एक गोल गरे।

खेलको ७१ औं मिनेटमा कृष्णको गोलमार्फत दिल्लीले सुरुवाती अग्रता लिएको थियो तर ८२ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याए।

टोलीका लागि विजयी गोल विमल घर्ती मगरले गरेका थिए। उनले ८५ औं मिनेटमा गोल सम्भव बनाए।

प्रतियोगिताअन्तर्गत शुक्रबार बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले २१ लाख नगद पाउँदा उपविजेता टोलीले १० लाख हात पार्नेछ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल हात पार्दा उत्कृष्ट गोलरक्षक,  डिफेन्डर,  फरवार्ड,  सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.