|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ का वडाध्यक्ष बहादुरसिंह महराले नेकपा (माओवादी केन्द्र) परित्याग गरेका छन्।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि महराले चार दिनअघि पार्टी र वडाध्यक्ष दुबै छाड्ने घोषणा गरेका थिए। महराले बिहीबार प्रेस विज्ञप्ति जारी गरी नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन्।

महराले विज्ञप्तिमा एमसीसी पारित गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू लगायतका इमान्दार नेता कार्यकर्तालाई लज्जित बनाएको दुखेसो पोखेका छन्। एमसीसी पारित गर्ने प्रचण्डको कदमलाई उनले जघन्य राष्ट्रघाती कदमको संज्ञा दिएका छन्।

एमसीसीलाई राष्ट्रघाती कदम भन्दै उनले राष्ट्रिय आत्मसमर्पणवादको सती जान नसक्ने भएकाले माओवादी केन्द्रको सुुदूरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधि सहित पार्टीका सबै जिम्मेवारी परित्याग गर्ने घोषणा गरेका छन्।

अध्यक्ष महराले राष्ट्रिय स्वाधीनताका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता गर्दै त्यसको नेतृत्वकर्ता शक्तिसँग सहकार्य हुने विज्ञप्तिमा उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.