|

काठमाडाै‌ : नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखका साथै ३२ वटै वडाका उम्मेदवार तय गरेको छ। आइतबार क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा महानगरपालिका प्रमुखमा सर्वोत्तममान डंगोल, उपप्रमुखमा सुशीला पौडेलसँगै सबै वडाका उम्मेदवारहरुको नाम घोषणा गरिएको हो।  

महानगरपालिकाको एक नम्बर वडा अध्यक्षमा पंकज शाह, खुला सदस्यमा सौरभ दवाडी र कुमार खड्गी,महिला सदस्यमा रेखा महर्जन र दलित महिला सदस्यमा चन्द्रमाया दर्जी उम्मेदवार चयन भएका छन्। दुई नम्बर वडा अध्यक्षमा रमेशमान डंगोल, खुला सदस्यमा आइतनारायण महर्जन र राम थापा, महिला सदस्यमा कल्पना श्रेष्ठ महर्जनको उम्मेदवारी घोषणा भएको छ भने दलित महिला सदस्यको उम्मेदवार घोषणा गर्न बाँकी छ। 

तीन नम्बर वडा अध्यक्षमा सुरेन्द्र केसी, खुला सदस्यमा धर्म मर्हजन र कृष्ण तिमिल्सिना, महिला सदस्यमा शर्मिला तामाङ र दलित महिला सदस्यमा इन्दिरा पुर्कोटी उम्मेदवार चयन भएका छन्। चार नम्बर वडा अध्यक्षमा शर्मिला भण्डारी, खुला सदस्यमा लक्ष्मण थापा मगर, महिला सदस्यमा सिर्जना ढुंगाना र दलित महिलामा राधिका मिजार उम्मेदवार चयन भएका छन्।

पाँच नम्बर वडा अध्यक्षमा सुशीला प्रजापति, खुला सदस्यमा रमेश कर्माचार्य र भीम महर्जन, महिला सदस्यमा इन्द्रमाया महर्जन उम्मेदवार तय भएका छन् भने दलित महिलाको टुंगो लगाउन बाँकी रहेको छ। छ नम्बर अध्यक्षमा जिग्मी भुजेल, खुला सदस्यमा रघुनाथ भण्डारी र सञ्जीव लामा, महिला सदस्यमा लक्ष्मी बानियाँ र दलित महिला सदस्यमा सविता परियार उम्मेदवार चयन भएका छन्। 

सात नम्बर वडा अध्यक्षमा दुर्गाबहादुर मिश्र, खुला सदस्यमा राममणि भट्टराई, महिला सदस्यमा निर्मला सापकोटा र दलित महिला सदस्यमा चनाकुमारी परियारलाई माओवादी केन्द्रले उम्मेदवार चयन गरेको छ। आठ नम्बर वडा अध्यक्षमा रञ्जनमान श्रेष्ठ, खुला सदस्यमा नारायणभक्त संगत र विनोद चौलागाई, महिला सदस्यमा मिनु मानन्धर उम्मेदवार रहेका छन्।

नौ नम्बर वडा अध्यक्षमा नारायण लामिछाने, खुला सदस्यमा अञ्जु भारती र गोविन्द चौलागाई, महिला सदस्यमा कञ्चन सुवेदी र दलित महिला सदस्यमा शोभा मिजार बयरकोटीले माओवादी केन्द्रबाट उम्मेदवारी दिने भएका छन्। १० नम्बर वडा अध्यक्षमा रामप्रसाद अम्गाईं, खुला सदस्यमा भरतकुमार मालाकार र अरुण बस्नेत, महिला सदस्य गोमा बराल र दलित महिला सदस्यमा निर्मला परियार उम्मेदवार तय भएका छन्। 

११ नम्बर वडा अध्यक्षमा पुष्प श्रेष्ठ, खुला सदस्यमा ज्ञानकुमार बज्राचार्य र संजिवमान सिंह, महिला सदस्यमा ललिता लामा र दलित महिला सदस्यमा सावित्री दर्जीले उम्मेदवारी दिने भएका छन्। १२ नम्बर वडामा राम डंगोल अध्यक्ष, खुला सदस्यमा राजु महर्जन र प्रदीप शाही, महिला सदस्यमा उग्रतारा महर्जनको उम्मेदवारी टुंगो लागेको छ।

१३ नम्बर वडामा रामशरण डंगोल अध्यक्ष, खुला सदस्यमा रमेश डंगोल र सुरज ताम्राकार र महिला सदस्यमा दिलकुमारी श्रेष्ठलाई माओवादीले अगाडि सारेको छ। १४ नम्बर वडा अध्यक्षमा आदेश्वर वुढाथोकी, खुला सदस्यमा नकुल हमाल ठकुरी र राजु दाहाल शर्मा, महिला सदस्यमा सजनी महर्जन र दलित महिला सदस्यमा मनिषा रिसालले उम्मेदवारी दिने तय भएको छ।

१५ नम्बर वडा अध्यक्षमा सुरेन्द्रमान शाक्य, खुला सदस्यमा अजय महर्जन र ताराबहादुर रानाभाट, महिला सदस्यमा रिता ताम्राकारले उम्मेदवारी दिनेछन्। १६ नम्बर वडा अध्यक्षका लागि दिलिप वन्तले उम्मेदवारी दिने भएका छन्। खुला सदस्यमा देवेन्द्रकुमार श्रेष्ठ र मनोज सुवेदी, महिला सदस्यमा सिर्जना घिमिरे र दलित महिला सदस्यमा शोभा मगरातीले उम्मेदवारी दिने भएका छन्।

१७ नम्बर वडा अध्यक्षमा निलकण्ठ माली, खुला सदस्यमा दीपक मानन्धर र सार्जु शाही, महिला सदस्यमा सोनी पुजारी र दलित महिला सदस्यमा किरण परियारको टुंगो लागेको छ। १८ नम्बर वडा अध्यक्ष विजयकुमार शर्मा, खुला सदस्यमा रीता शाही र नहकुल महर्जन, महिला सदस्यमा मैंया महर्जन तय भएका छन्।

१९ नम्बर वडा अध्यक्षमा रुपिन डंगोल, खुला सदस्यमा विनोद खड्गी र मैयाँ महर्जन, महिला सदस्यमा लिलावती महर्जनले उम्मेदवारी दिने भएका छन् भने दलित महिलाको स्थान खाली छ। २० नम्बर वडा अध्यक्षमा रजिन स्थापित, खुला सदस्यमा राम रञ्जित र बसन्त श्रेष्ठ, महिला सदस्यमा लिलावती महर्जनले उम्मेदवारी दिने भएका छन्।

२१ नम्बर वडामा अध्यक्षमा कल्याण रञ्जित, खुला सदस्यमा मोहन देउला र नारायण कृष्ण महर्जन, महिला सदस्यमा मंगलदेवी स्थापित वज्राचार्यले उम्मेदवारी दिने भएका छन्। २२ नम्बर वडा अध्यक्षमा माणिकरत्न स्थापित, खुला सदस्यमा मनोज मानन्धर सायमी र अनिल चित्रकार, महिला सदस्यमा सीता महर्जन र दलित महिला सदस्यमा नानीमैयाँ नेपाली उम्मेदवार चयन भएका छन्।

२३ नम्बर वडा अध्यक्षमा श्याम मानन्धर, खुला सदस्यमा सुवास शाही श्यामरत्न मानन्धर, महिला रमिता मल्ल कर्माचार्य उम्मेदवार भएका छन्। २४ नम्बर वडा अध्यक्ष सुरेश शिलाकार, खुला सदस्य सुजेन्द्रप्रसाद श्रेष्ठ र विजय शाक्य, महिला सदस्यमा सुनिता महर्जनको टुंगो लागेको छ।

२५ नम्बर वडामा अध्यक्षका लागि सुभानकुमार श्रेष्ठ, खुला सदस्यमा किरण महर्जन नरेश र पुरुषोत्तम प्रजापति तथा महिला सदस्यका लागि अञ्जना श्रेष्ठ उम्मेदवार चयन भएका छन्।  

२६ नम्बर वडा अध्यक्षमा रामकाजी महर्जन, खुला सदस्यका लागि बाबुकृष्ण कोइराला क्षेत्री र भुवन प्रजापति, महिला सदस्यमा विनाकुमारी थापा राना मगर र दलित महिलाका लागि मधु गहतराज सुनारले उम्मेदवारी दिने तय भएको छ।  २७ नम्बर वडा अध्यक्षमा गोपाल महर्जन, खुला सदस्यमा विजेन्द्र बज्राचार्य र दिनेश शायमी सुमन, महिला सदस्यमा रोशनी महर्जन तुलाधरको उम्मेदवारी टुंगो लागेको छ।

२८ नम्बर वडा अध्यक्षमा छविन्द्रराज कँडेल, खुला सदस्यमा महम्मद अयुव र राजुराज कर्णिकार, महिला सदस्यमा सुनकेशरी खड्गी चयन भएका छन्। २९ नम्बर वडा अध्यक्षमा रेवतीप्रसाद दाहाल, खुला सदस्यमा दिनेश महर्जन, तलक अली खान, महिला सदस्य पूर्ण महर्जन र दलित महिलामा मन्सा सिंले उम्मेदवारी दिने भएका छन्। 

३० नम्बर वडामा अध्यक्ष पदका लागि रवि विष्ट, खुला सदस्यमा तीर्थ महर्जन र सरस्वती देवी रजक, महिला सदस्यमा भगवती सिग्देल र दलित महिला सदस्यमा सुनिता सुनाम उम्मेदवार चयन भएका छन्। ३१ नम्बर वडामा अध्यक्षका लागि बसन्तकुमार श्रेष्ठ, खुला सदस्यका लागि कुमारजंग अछामे र श्यामबहादुर महर्जन, महिला सदस्य शान्ता कुमारी बम्जन र दलित महिला सदस्यमा रुपा देवी बर्मा र ३२ नम्बर वडा अध्यक्षमा त्रिबिक्रम कर्माचार्य, खुला सदस्यमा मधुकर अधिकारी र मुना न्यौपाने, महिला सदस्यमा रामदेवी पराजुली र दलित महिला सदस्यमा नानीमैयाँ ल्वागुन उम्मेदवार बन्ने आइतबार आयोजित कार्यक्रममा जानकारी दिइएको छ।  

घोषणापत्रमा के छ?

माओवादी केन्द्रको उपहार गाँउगाँउमा सिँहदरवार भन्ने मुख्य नारा तय गरेको माओवादी केन्द्रले आइतवार उम्मेदवार घोषणा गर्नुका साथै काठमाडौं महानगरकालागि घोषणापत्र पनि सार्वजनिक गरेको छ। सुविधायुक्त र प्रदुषणमुक्त हाम्रो काठमाडौं भन्ने अर्को नारा दिएको माओवादी केन्द्रले आफ्नो प्रतिवद्धतामा ३३ वुँदामा आफूले काठमाडौं महानगरपालिकाको लागि के गर्ने भनेर सुन्दर सपना प्रस्तुत गरेको छ। 

यस्ता छन् माओवादीको प्रतिवद्धतापत्रका मुख्य बुँदाहरु

  • काठमाडौं शहर व्यवस्थित गर्न भूउपयोग नीति लागु गरी नगर भित्र क्षेत्र अनुसार आवासीय भवन, संयुक्त आवासीय भवन र बहु तल्ले व्यापारिक भवन निर्माण गरी हरियाली प्रर्वद्धनमा जोड दिइने छ। 
  • अब्यवस्थित यातायातको व्यवस्था गर्न यातायातको गुरुयोजना बनाइनेछ। सडकका खाल्डाखुल्डी तत्काल हल गरिनेछ। 
  • महानगरभित्रका निर्माण व्यावसायी र प्राविधिकलाई बढी जिम्मेवार बनाइ निर्माण कार्यलाई बढी गुणस्तरीय र पारदर्शी बनाइनेछ।
  • ढल निकासलाई उच्च् प्राथमिकताका साथ व्यवस्थित गरिनेछ।
  • नेवा जातिको मौलिक संस्कृति कला जर्गेना गर्दै ६ महिना भित्रै एउटा नेवा जातीय सांस्कृतिक संग्रहालय स्थापना गरिनेछ। 
  • बृद्ध भत्ता वैंक मार्फत व्यवस्थित ढंगले बितरण गर्दै असक्त र अपांग वृद्धवृद्धालाई घरदैलोमै गएर भत्ता वितरण गरिनेछ। 
  • जेष्ठ नागरिकको मनोरञ्जनका लागि प्रत्येक वडामा जेष्ठ नागरिक क्लव स्थापना गरिनेछ। 
  • नगरवासीको स्वास्थ्य विमा अगाडि बढाइनेछ। 
  • प्रत्येक वडामा एउटा सार्वजनिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरिनेछ। 
  • फोहरबाट विजुली र ग्यास निकाल्ने प्रवृधिलाई उच्च प्राथमिकतामा राखिनेछ। 
  • विभिन्न उपयुक्त क्षेत्रलाई वाइफाइ फ्रि जोन बनाइनेछ। एउटा उच्च प्रविधियुक्त सेन्टर सिटी लाइव्रेरी स्थापना गरिनेछ। 
  • युवालाई पढाइसँगै पार्टटाइम जबको व्यवस्था गरिनेछ। 
  • शिशु सुरक्षाको लागि केही क्षेत्रमा शिशु स्याहार केन्द्र खोलिनेछ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.