|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरीको बर्दिबास नगरपालिका-६ का १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो।

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा शुक्रवार बिहान बा २ क ६६१८ नम्बरको जेसिबी माटो भासिन गई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। जेसिबीका चालक बाँकेको राप्तीसोनारी गाउँपालिका–४ का २२ वर्षीय प्रकाश चौधरी भने सकुशल रहेको उनले बताए।

चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.