|

काठमाडौं : आगामी चैत २६ देखि जेठ ७ सम्म आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रवार अक्सन सम्पन्न भयो। जहाँ १८ खेलाडीले सर्वाधिक मूल्य पाउँदा १० टिममा कुल १५० खेलाडी अनुबन्धित भए।

एनएसएलले अक्सनका लागि २४२ खेलाडी अक्सनमा सहभागी भएका थिए। सहभागी १० टोलीले अक्सनबाट समान १५-१५ खेलाडी लिएका छन्। यो पटक टिमले २३ खेलाडी टोलीमा राख्न पाउने छन्। जसमा अब पाँच विदेशी, दुई ट्यालेन्ट हन्टबाट छान्दा एक मार्किसहित कुल २३ खेलाडी पुग्ने छन्।

हरेक टिमसँग साथमा २५ लाख रहेको थियो। जहाँबाट उनीहरूले हरेक क्याटगोरिका खेलाडीहरू तोकिएको कोटाअनुसार क्लबमा आवद्ध गर्नुपर्ने प्रावधान रहेको थियो। जसमा ‘ए’ क्याटगोरीबाट चार खेलाडी‚ त्यस्तै 'बी' बाट ६ र 'सी'बाट पाँच खेलाडी आवद्ध गर्नपर्ने थियो।

खेलाडीहरूलाई क्याटेगोरी 'ए', 'बी' र 'सी'मा राखेर वर्गीकरण गरिएको थियो। जसअनुसार 'ए'तर्फका खेलाडीको बेस प्राइस १ लाख ५० हजार रूपैयाँ रहेको थियो। उनीहरूको अधिकतम मूल्य ३ लाख ५० हजार रूपैयाँ तोकिएको थियो। जहाँ ४० खेलाडी रहेका थिए।

त्यस्तै‚ 'बी' र 'सी'तर्फ समान १०१ खेलाडी अक्सनमा राखिएको थियो। 'बी' क्याटेगोरीका खेलाडीको सुरुवाती मूल्य १ लाख र अधिकतम मूल्य १ लाख ५० हजार रूपैयाँ रहेको थियो। त्यस्तै 'सी' क्याटेगोरीका खेलाडीले ५० हजारदेखि १ लाख रूपैयाँसम्म रहेको थियो।

यी हुन् सर्वाधिक महँगो खेलाडी

सर्वाधिक महँगो मूल्यका रुपमा ए क्याटगोरीबाट ३ लाख ५० हजार रूपैयाँ प्राप्त गर्ने १८ खेलाडी रहेका छन्।

जसमा सुनील बल, आशीष गुरुङ, दीप कार्की, त्रिदेव गुरुङ‚ मानबहादुर तामाङ, पुजन उपरकोटी र सिमान्त थापा रहेका छन्। यस्तै, आकाश बुढामगर, दिनेश राजवंशी, छिरिङ गुरुङ, एरिक विष्ट, निशान खड्का, सेसेहाङ आङदेम्बे, गौतम श्रेष्ठ, सुमन अर्याल, दर्शन गुरुङ र सनिश श्रेष्ठ रहेका छन्।

कुन टिममा को?

इलाम : दिवाकर चौधरी, विवेक बस्नेत, अशोक थापा, करण रावत, युवराज खड्का,  दीपेश आले मगर, दीपेश घले, आशीष राई, निशान्त थापा, जीवन गुरुङ, गौतम श्रेष्ठ, अभिषेक बराल, साजन राई, निरज चौधरी, हेमन्त श्रेष्ठ।

झापा : उत्सव राई, लाकेन लिम्बु, ऋतिक खड्का, अमित तामाङ, आशिष लामा, रन्दिप पौडेल, सेसेहाङ आङदेम्बे, कमल श्रेष्ठ, निशान खड्का, सन्तोष तामाङ, देव लिम्बु, रञ्जन विष्ट, बिकी तामाङ, विपिन कँडेल, जनक कोइराला।

विराटनगर : मनिष डाँगी, दीप कार्की (गोल्डेन बजर), मिलन राई, आवास लामिछाने, सरोज तामाङ, रोहित कार्की, अञ्जन राई, अशोक खवास, दोर्जे तामाङ, यदु सिलवाल, बुद्धिमान राई, विजय धिमाल, प्रकाश बुढाथोकी, नीरकुमार राई, प्रदीप लामा।

वीरगञ्ज : विश्वास श्रेष्ठ, शिव गुरुङ, सुभाष गुरुङ, मानबहादुर तामाङ, मनिष थापा, एकराज बुढाथोकी, टिकेन्द्र सिंह थापा, राजीव गुरुङ, सुरज जिउ ठकुरी, विमल राना, सुदीप गुरुङ, रेजिन सुब्बा, सूर्य अधिकारी, अभिषेक गुरुङ, विजय श्रेष्ठ।

चितवन : त्रिदेव गुरुङ, अशोक बराल, लक्ष्मण रुचाल, विश्वास उदास, आयुष घलान, भुवन बस्नेत, राजन गुरुङ, संजोक राई, विशाल बस्नेत, टोपबहादुर राना, पासाङ लामा, राजबाबु थापा, प्रदीप लम्साल, जर्जप्रिन्स कार्की।

काठमाडौं : आशीष गुरुङ, राजीव लोप्चन, कुलदीप कार्की, पुजन होना, राजेन्द्र रावल, आशिष शाक्य, विराज महर्जन, मनिष सेडाइ, सुनील बल, नरेन्द्र चौधरी, श्यामबाबु क्याप्छाकी, जगजित श्रेष्ठ, दीपक गुरुङ, सुमन लामा, रोशन पहरी।

ललितपुर : प्रशान्त तामाङ, नवीन गुरुङ, डोना थापा, दिवा उराउ, किशोर गिरि, रुपबहादुर लामा, विशाल सुनार, विकास तामाङ, सनिश श्रेष्ठ, बुद्ध चेम्जोङ, विमल पाण्डे, नवीन लामा, राजेश परियार, मिक्छेन तामाङ, जीवन गुरुङ।

पोखरा : अन्जल श्रेष्ठ, रुमेश बर्तौला, मणिकुमार लामा, कमल थापा मगर, रोशन राना मगर, दिनेश राजवंशी, छिरिङ गुरुङ, दीपकसिंह ठकुरी, सनम सोदेम्बा लिम्बु, चेतनकुमार थारु, एरिक विष्ट, अभियान प्रधान, जय गुरुङ, टेकबहादुर बुढाथोकी, सकल रेग्मी।

बुटवल लुम्बिनी : अजित भण्डारी, सुमन अर्याल, अभिषेक लिम्बु, आशीष राई, रवि पासवान, सौजन राई, कपिल ढकाल, दर्शन गुरुङ, हेमन्त थापामगर, विवश चौधरी, सरोज दाहाल, सञ्जित श्रेष्ठ, युद्ध शाही, बुद्ध बल तामाङ, क्रितिश रत्न छुन्जु।

धनगढी : शिशिर लेखी, सिमान्त थापा, अमृत श्रेष्ठ, प्रशान्त अवस्थी, रवि थिङ, सुसान श्रेष्ठ, दिलेन लोक्ताम, राजु योगी, रुपेश केसी, प्रवेश कुँवर, टंक बस्नेत, पुजन उपरकोटी,  आकाश बुढामगर, पाल्साङ लामा, नवयुग श्रेष्ठ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.