|

न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। पाकिस्तान भने लगातार दोस्रो खेलमा पराजित भयो। सोमबार भएको खेलमा पाकिस्तानमाथि ७ विकेटको सहज जित निकाल्दै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले खराब सुरुवातको बाबजुद १९० रनको मध्यम स्कोर बनाएको थियो। उसका लागि कप्तान बिष्माह मारुफले सर्वाधिक ७८ रनको योगदान दिँदा अलियाज रियाजले पनि ५३ रन बनाएकी थिइन्। त्यस्तै फतिमा सनाले १४ तथा  ओमइमा सोहइलले १२ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर बनाउन नसक्दा पाकिस्तान ६ विकेट गुमाएर निर्धारित ५० ओभरमा १ सय ९० रनमा समेटिएको थियो।

जवाफमा उक्त लक्ष्य अस्ट्रेलियाले ९२ बल बाँकी हुँदै ३ विकेट गुमाएर पूरा गरेको थियो। उत्कृष्ट प्रदर्शन गरेकी अस्ट्रेलियाका लागि ओपनर एलिसा हेलीले ७२ रनको योगदान दिएकी थिइन्। त्यस्तै रचएल हायनेसले ३४ रन बनाउँदा मेघ लनिङले ३५ रनको योगदान दिएकी थिइन्। अस्ट्रेलियाको सहज जितमा एलयस पेरी २६ र बेथ मोनी २३ रनमा अविजित रहे। पाकिस्तानका लागि ओमाइमा सोहइलले २ विकेट लिएकी थिइन्। अर्को एक विकेट नस्रा सन्धुको नाममा रह्यो।

प्रतियोगितामा पाकिस्तानको यो लगातार दोस्रो हार हो यसअघि पहिलो खेलमा पाकिस्तान भारतसँग १०७ रनले पराजित भएको थियो। अस्ट्रेलियाले भने आफ्नो पहिलो खेलमा इङल्यान्डलाई १२ रनले पराजित गर्दै पहिलो जित निकालेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.