|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेका कारण पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसिसीको वकालत गरेको बताएका छन्। 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका–३१ को शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसिसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन्। 

‘एमसिसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने। उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि जिकिर गरे।

‘एमसिसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरियो,’ सिंहले भने, ‘राष्ट्रघाती भए संघीय संसदबाट पास हुन्थ्यो त? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने? यसरी त मिल्दैन नि।’ उनले एमसिसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेको प्रति आपत्ति जनाए।
 
‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आइपिएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी ‘एक्सिस’मा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो विल्कुलै होइन।’ 

उनले अब पार्टीका सबै नेता कार्यकर्ताहरूले नागरिकको घरघरमा पुगेर वास्तविकता बुझाउँदै कांग्रेसलाई जिताउन लाग्न पर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.