एमसिसी जस्ताको तस्तै कार्यान्वयन भए कम्युनिष्ट र चीनविरुद्ध : झलनाथ

|

काठमाडौं : नेकपा एमालेका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसी जस्ताको तस्तै कार्यान्वयन भए कम्युनिष्ट र चीनविरुद्ध हुने बताएका छन्। 

बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेता खनालले भने, ‘एमसिसीमा हामीले आफ्नो अडान राख्दै आएका थियौँ। तर, अहिले व्याख्यात्मक घोषणा भनेर नेपालको हितविपरीत संसदबाट अनुमोदन भएको छ।’ उनले पार्टीमा फरक मत राखे पनि बहुमतको आधारमा अनुमोदन गर्ने निर्णयको पक्षमा पार्टी उभिएको बताए। 

गठबन्धनका कुरा  

उनले गठबन्धनको विषयलाई लिएर सत्तारूढ दल कांग्रेसमा चर्को विवाद रहेको समेत बैठकलाई बिफ्रिङ गराएका छन्। प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा गठबन्धनकै पक्षमा देखिए पनि संस्थापनइतर समूहले गठबन्धनविरुद्ध बलियो मत बनाइरहेका समेत बताए। 

बैठकमा नेता खनालले भने, ‘गठबन्धनको विषयलाई कांग्रेसले गहिरो अध्ययन गरिरहेको छ। देउवाजी त गठबन्धनकै पक्षमा हुनुहुन्छ। तर, पार्टीभित्र उहाँलाई दबाब छ। यस्तो अवस्थामा हामीले विचार गरेर कसरी अगाडि जाने भन्नेबारेमा निर्णय लिनुपर्छ। कांग्रेसभित्र महामन्त्री गगनकुमार थापा, र डा. शेखर कोइरालाहरूले गठबन्धन गरेर जाँदा ७० र एक्लै लड्दा १५५ सिट जित्ने कुरा गरेका रहेछन्।  बैठकलाई पछिल्लो परिस्थितिअनुसार कांग्रेस वा एमाले नै पहिलो पार्टी बन्ने देखिएको समेत बताए।  

एमाले अवसरवादको गुट 

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवसरवादको गुट भएको आरोप लगाए। 

नेता खनालले भने, ‘एमाले अवसरवाद गुटमा सीमित भइसक्यो। त्यो गुटले क्रान्तिको बाटो समात्न सकेको छैन। अहिले अलमल्ल परेर बसिरहेको छ। अब हाम्रो क्रान्तिको लक्ष्य वैज्ञानिक समाजवाद नै हो। त्यसको लागि सम्पूर्ण शक्ति एकताबद्ध बनाएर लानुपर्छ।’ एमाले भने अझै जबजको लक्ष्य भन्दै बसिरहेको उनले आरोप लगाए। 

‘कमरेड मदन भण्डारीले ०४९ सालमा पुँजीवादी जनवादी क्रान्तिको अवधारणाको रूपमा अगाडि सार्नुभएको हो। अव जबजलाई लिएर समाजवादी क्रान्तिको बाटोमा जानुपर्छ’ उनले भने, ‘तर, त्यो गुट अझै प्रतिगमनको दिशा त छँदै थियो। अहिले त राजनीति र वैचारिक रुपमा पश्चगामी र दक्षिणपन्थी भासमा फसिसक्यो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.