|

हेटौंडा : विप्लवनिकट विद्यार्थी संगठनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्वि विरुद्वमा हेटौंडामा प्रदर्शन गरेको छ।

अखिल क्रान्तिकारी मकवानपुरको नेतृत्वमा हेटौंडामा रहेका विभिन्न क्याम्पसबाट निस्किएको र्‍यालीसहितको विद्यार्थी समूहले एमसिसी र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्विको विरुद्वमा प्रदर्शन गरेका  हुन्।

विरोध प्रदर्शनमा एमसिसी मूर्दावाद, नो एमसिसी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाइएको थियो। उनीहरूले एमसिसी र पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता गर्नुपर्ने ,भ्रष्टचारी र बलात्कारीलाई फाँसी दिनुपर्ने जस्ता माग राखेका थिए।

गएको  फागुन १५ गते संसदबाट एमसिसी अनुमोदन भइसकेको छ। सदनबाट एमसिसी पारित भएसँगै नेकपा विप्लवसहित ६ दल आन्दोलनमा रहेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.