|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन्। 

कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलागि अध्यक्ष प्रचण्ड आज विहान सुर्खेत गएको सचिवालयले जनाएको छ।  कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर प्रचण्ड आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। 

माओवादी केन्द्रले स्थानीय तह निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अघि अध्यक्ष प्रचण्डले गत बुधबार बागमती प्रदेशका कार्यकर्तालाई प्रशिक्षण दिएका थिए। 

प्रचण्डले सत्ता गठबन्धन दल नेपाली कांग्रेसलाई आफूहरुले नै सिंहासनमा पुर्याएको भन्दै  धेरै गाली नगर्न समेत चेतावनी दिएका थिए। उनले माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.