|

रुकुम (पूर्व) : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जंगलमा फेला पारिएको सकेट बम डिस्पोज गरिएको छ। कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएको सकेट बम शुक्रबार आज दिउँसो नेपाली सेनाले डिस्पोज गरेको हो। 

​ड्रमबाहिर दुई वटा र ड्रमभित्र आठवटा गरी करिब १० वटा सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले बम डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए। बिहीबार (हिजो) दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए।

वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेको थियो। शुक्रबार आज बिहान जिल्लाबाट गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमलाई डिस्पोज गरेका हुन्।

१० वर्षे सशस्त्र जनयुद्ध क्रममा तत्कालीन नेकपा माओवादीका सेनाले लुकाइएर राखेको सकेट बम रहेको वडाध्यक्ष केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.