|

काठमाडौं : न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा पाकिस्तानले लगातार तेस्रो खेलमा हार भोगेको छ।

शुक्रबार न्युजिल्यान्ड स्थित मोउन्ट मौउनगानुविमा भएको खेलमा पाकिस्तान दक्षिण अफ्रिकासँग ६ रनले पराजित हुन पुग्यो। दक्षिण अफ्रिकाले भने लगातार दोस्रो खेलमा जित निकाल्यो।

टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो। जवाफमा पाकिस्तान एक  बल बाँकी हुँदा २ सय १७ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाले ६ रनको रोमाञ्चक जित निकाल्यो।

अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा पाकिस्तानी ब्याटरहरू समालिन नसक्दा २ विकेट गुमाएर ३ रनमात्रै जोड्न सकेका थिए। राम्रो सुरुवात गरेको पाकिस्तानका लागि सर्वाधिक रन ओमइमा सोहालीका नाममा रह्यो।

उनले ६५ रनको योगदान दिँदा निदर डरले ५५ रनको अर्धशतकीय इनिङ खेलिन, त्यस्तै नहिदा खानले ४० रन बनाउँदा सिद्रा अमिनले १२ रन जोडिन, त्यस्तै सिद्रा नवाजले ११ रन बनाउँदा डियना बइगले १३ रन जोडेकी थिइन्। दक्षिण अफ्रकाका लागि सभिम स्माइलले ३ विकेट लिँदा मर्जाने काप र आयवोङ्गा खखाले २-२ विकेट लिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले लउरा वलभार्टको ७५ रन तथा कप्तान सुने लुसको ६२ रनको अर्धशतकीय इनिङमा २ सय २३ रनको स्कोर तयार गरेको थियो।

त्यस्तै उसका लागि थप दोहोरो स्कोरका रुपमा चोले ट्रयोन र त्रिशा चेटीले समान ३१-३१ रन बनाएका थिए। पाकिस्तानकी फतितमा सना र घलुम फतिमाले समान ३-३ विकेट लिएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.