|

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष पक्राउ परेका छन्। कीर्ते गरेर जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको लालध्वज सुवेदीले जानकारी दिए।

जग्गा जालसाजी गरेको आरोपमा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका वडाध्यक्ष भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्यको भने नाम खुलाइएको छैन। भोटेसहित ७ जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ।

भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाइ गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ। मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा १ लाख दिएर पास गरेको बताइएको छ। पक्राउ परेका आरोपीहरूलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.