महानगरपालिकामा माओवादीका ७१ जना महिला उम्मेदवार

|

काठमाडाै‌ : वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट ७१ जना महिलाले उम्मेदवारी दिने भएका छन्। माओवादी केन्द्रले आइतबार महानगरका प्रमुख र उपप्रमुखका साथै सवै वडाका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ।

महानगरपालिकाको उपप्रमुखमा सुशीला पौडेल सहित विभिन्न वडा अध्यक्ष र सदस्यका लागि ७१ जना महिला उम्मेदवार चयन भएका हुन्। पौडेल लामो समयदेखि माओवादी आन्दोलनमा सक्रिय सदस्य हुन्। माओवादीले सञ्चालन गरेको जनयुद्धमा गोरखा, कास्की र उपत्यकामा संगठनको काम गरेकी पौडेल माओवादी महाधिवेशन आयोजक समितिकी सदस्य हुन्।

त्यस्तै वडा नम्बर १ बाट सदस्यमा रेखा महर्जन र चन्द्रमाया दर्जी, दुईबाट सदस्यमा कल्पना श्रेष्ठ महर्जन, तीनबाट सदस्यमा शर्मिला तामाङ र इन्दिरा पुर्कोटी, चारबाट वडाअध्यक्षमा शर्मिला भण्डारी सदस्यमा राधिका ढुंगाना र राधिका मिजार, पाँचबाट वडाअध्यक्षमा सुशीला प्रजापति र सदस्यमा ईन्द्रमाया महर्जन,छबाट सदस्यमा लक्ष्मी बानियाँ र सबिता परियार, सातबाट सदस्यमा निर्मला सापकोटा र चनाकुमारी परियार, आठबाट सदस्यमा मिनु मानन्धर उम्मेदवार चयन गरिएको छ।

महानगरपालिकाको वडा नम्बर नौबाट सदस्यमा न्जु भारती, कञ्चन सुवेदी र शोभा मिजार बयरकोटी, १० बाट सदस्यमा गोमा बराल र निर्मला परियार, ११ बाट सदस्यमा ललिता लामा र सावित्री दर्जी, १२ बाट सदस्यमा उग्रतारा महर्जन, १३ बाट सदस्यमा दिलकुमारी श्रेष्ठ, १४ बाट सदस्यमा सजनी महर्जन र मनिषा रिसाल,१५ बाट सदस्यमा रिता ताम्राकार, १६ बाट सदस्यमा सिर्जना घिमिरे र शोभा मगराती, १७ बाट सदस्यमा सार्जु शाही, सोनी पुजारी र किरण परियार, १८ बाट सदस्यमा रीता शाही र मैयाँ महर्जन, १९ बाट सदस्यमा मैयाँ महर्जन र रीता शाक्य २० बाट सदस्यमा लिलावती महर्जन, २१ बाट सदस्यमा मंगलदेवी स्थापित कर्माचार्य, २२ बाट सदस्यमा सीता महर्जन र नानीमैयाँ नेपाली उम्मेदवार हुने भएका छन्।

त्यस्तै २३ नम्बर वडाबाट सदस्यमा रमिता मल्ल कर्माचार्य, २४ बाट सदस्यमा सुनिता महर्जन, २५ बाट सदस्यमा अञ्जना श्रेष्ठ, २६ बाट सदस्यमा विनाकुमारी थापा राना मगर र मधु गहतराज, २७ बाट सदस्यमा रोशनी महर्जन तुलाधर, २८ बाट सदस्यमा सुनकेशरी खड्गी, २९ बाट सदस्यमा पूर्ण महर्जन र मन्सा सिं, ३० बाट सदस्यमा सरस्वतीदेवी रजक, भगवती सिग्देल र सुनिता सुनाम, ३१ बाट सदस्यमा शान्ताकुमारी बम्जन, रुपादेवी बर्मा र ३२ बाट सदस्यमा मुना न्यौपाने, रामदेवी पराजुली र नानीमैया ल्वागुन उम्मेदवार बनेका छन्। वडा सदस्यमा उम्मेदवारी दिनेमध्ये ५ जनाले खुलातर्फबाट र बाँकीले महिला र दलित महिला आरक्षणमा उम्मेदवारी दिन लागेका हुन्। 

माओवादी केन्द्रले महानगरका १४ वडामा दलित महिला उम्मेदवार चयन गर्न सकेको छैन। वडा नं. २, ५, ८, १२, १३, १५, १८, १९, २१, २३, २४, २५, २७ र २८ वडामा दलित महिला उम्मेदवारको स्थान खाली राखिएको छ। वैशाख १९ गते निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न जाने बेलासम्म दलित महिला र केही ठाउँका खुला सदस्यको अन्तिम टुंगो लगाउने माओवादी केन्द्र काठमाडौंले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.