|

काभ्रे : नेपाल तामाङ घेदुङको नवौँ महाधिवेशन काठमाडौंमा शुरु भएको छ। ‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, जुझारू नेतृत्व चयनका लागि नवौँ महाधिवेशन’ भन्ने नारासहित आजबाट शुरु भएको हो।

घेदुङका अध्यक्ष मोहन गोलेले महाधिवेशन काठमाडौँमा आइतबारदेखि शुरु भएको जानकारी दिए। महाधिवेशनको उद्घाटन सत्रमा लामा सेग्याम (पूजापाठ)सँगै ताम्बा र बोन्बो घेदुङ, सांस्कृतिक घेदुङ लगायतले तामाङ संस्कृति झल्काउने प्रस्तुति राखेका थिए। महाधिवेशनमा स्थानीय तह, प्रदेश, जिल्ला समन्वय समिति र प्रवास समितिका गरी करिब ८ सय प्रतिनिधि सहभागी रहेको घेदुङले जनाएको छ।

३ दिनसम्म हुने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। घेदुङका संस्थापक अध्यक्ष तथा सल्लाहकार पर्शुराम तामाङले छ्युम्हे (दियो) बालेर उद्घाटन गरेसँगै महाधिवेशन शुरु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.