|

काठमाडौं : भिजिट भिसाबाट निम्तिएका समस्या समाधान गर्न युएई सहमत भएको छ। 

संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधन मन्त्री डा अब्दुल रहमान अव्दुल मानन अल अवारबीच गएराति भेटवार्ता भएको थियो। 

भेटका क्रममा रोजगारीको प्रलोभनामा भिजिट भिसामा युएई लैजाने गैरकानुनी एजेन्टहरुलाई कारबाहीको दायरमा ल्याउन युएई सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएको श्रममन्त्री श्रेष्ठको नीजि सचिवालयले जनाएको छ। 

साथै भिजिट भिसामा युएई पुगेर अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्ने पनि सहमति भएको छ। मन्त्री अल अवारले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा युएई सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.