‘ओलीलाई प्रधानमन्त्री दिएर एमसिसी रोक्न खोज्दा अस्वीकार गरे’

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन पार्टीका लागि ‘लाइफ एण्ड डेथ’को सवाल भएको टिप्पणी गरेका छन्।

काठमाडौंको प्रज्ञा भवनमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘निर्वाचनमा अरु जालझेल र षड्यन्त्र गर्न सिपालु हुन्छन्। त्यसबारे हामी सचेत हुनुपर्छ, हामी उनीहरुले जस्तो गर्न सक्दैनौँ। त्यसैले आगामी निर्वाचन हामीलाई  ‘लाइफ एण्ड डेथ’ को सवाल हुन्छ। त्यस्ता षड्यन्त्र तोड्ने गरी लाग्नुस्।’ 

एमसिसी अनुमोदन गर्नबाट रोक्न धेरै प्रयास गरेको भएपनि असफल भएपछि व्याख्यात्मक टिप्पणीको बाटो अपनाएको प्रष्ट पारे। 

‘एमसिसी रोक्न धेरै प्रयास गरेका हौँ। केपी ओलीलाई प्रधानमन्त्री दिएर रोक्न सकिन्छ कि भनेर भेटेका हौँ। तर, उनले सभामुखको राजीनामा, माधवजीहरुको कारबाहीको सूचना टाँस र  नेकपामा हुँदा पेश गरिएको १९ बुँदे आरोपपत्र फिर्ता लिनुपर्ने बताए। त्यसपछि हामी निस्किएका हौँ’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रशिक्षणमा सहभागी एक नेताले बताए। 

आगामी निर्वाचनमा गठबन्धनको प्रयास भइरहे पनि आफ्नै खुट्टामा उभिने कुरा प्राथमिकता भएकाले त्यसको तयारीमा लाग्न उनले निर्देश गरे। गठबन्धन गरेर जितौँला र खाउँला भन्ने भ्रमबाट मुक्त हुन नेताहरूलाई उनले आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.