'पार्टीलाई एकढिक्का बनाएर बहुमत ल्याउँछौँ'

|

दैलेख : नेकपा एमाले दैलेखको सातौँ जिल्ला अधिवेशन भर्खरै सम्पन्न भएको छ। दैलेखमा एमाले स्थापना कालदेखि पार्टीको बेला–बेला नेतृत्व गर्दै आएका रवीन्द्रराज शर्मा अर्को कार्यकालका लागि निर्वाचित भएका छन्।

छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष चुनिएका शर्माको कार्यकालताका स्थानीय तहको निर्वाचनमा एमाले दैलेखले सन्तोषजनक उपस्थिति जनाएको देखिन्छ।

एमाले विभाजनपछि दैलेखमा पार्टीको अवस्था कस्तो छ। फुटेको पार्टीले अन्य दलसँग प्रतिस्पर्धा गर्ने योजना के छ? एमालेले दैलेखमा बहुमत ल्याएर निर्वाचन जित्ने आधार के के छन्? जिल्लामा एमाले छोडेर समाजवादीमा लागेकालाई समेट्ने आगामी के कस्ता  योजना छन्? यी र यस्तै विषयमा रहेर एमाले दैलेखका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उनै रवीन्द्रराज शर्मासँग दैलेखबाट थाहाखबरकर्मी उदयराज अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :

एमाले विभाजनपछि दैलेखमा पार्टीको अवस्था कस्तो छ?

एमाले विभाजनभन्दा पनि पार्टीबाट केही मान्छे चोइटिएर गएका हुन् विभाजन भएको होइन। विगतमा हामीले बनाइदिएका केही जनप्रतिनिधिहरु र केही पार्टीका सदस्यहरू चोइटिएका मात्र हुन्। पार्टी छोडेर बाटो बिराउँदै गएकाहरूसँग मूलबाटोमा फर्किन घनिभूत छलफल भइरहेको छ।

दैलेखमा एमालेबाट गएर अर्को पार्टीमा लाग्नेहरूको सङ्ख्या न्यून छ। दुई क्षेत्रमा विभाजित यहाँको क्षेत्र नम्बर २ मा समाजवादी ५ प्रतिशत पनि छैन।

फुटेको एमालेले अन्य दलसँग कसरी प्रतिस्पर्धा गर्ला?

हामी एकजुट छौँ। पार्टीमा कुनै समस्या छैन। अन्य दलसँग निर्वाचनमा प्रतिस्पर्धी गर्नका लागि अन्य कुनै उपाय खोज्नुपर्ने जस्तो पनि देखिनन्। नेकपा एमाले अन्य सबै पार्टी एक हुन्छ कि हुँदैनन् यस्ता विषयका चासो राख्दैन।

एमाले विभाजनभन्दा पनि पार्टीबाट केही मान्छे चोइटिएर गएका हुन् विभाजन भएको होइन। विगतमा हामीले बनाइदिएका केही जनप्रतिनिधिहरु र केही पार्टीका सदस्यहरू चोइटिएका मात्र हुन्। पार्टी छोडेर बाटो बिराउँदै गएकाहरूसँग मूलबाटोमा फर्किन घनिभूत छलफल भइरहेको छ। 

कसैले तालमेल गरौँ भनेर आयो भने निषेध भने एमालेले गर्दैन छलफल हुने कुरा स्वाभाविक हो। तर अरूको साथ संगतबिना एमाले निर्वाचनमा नजाने भन्ने होइन। एमाले आफैमा सुढृण, जनआधारीत पार्टी हो। हामी जुनसुकै परीस्थितलाई सामना गर्न तयार छौँ।

एमालेले दैलेखमा बहुमत ल्याउँछ भन्नु भा हो?

सबै दल एक्लाएक्लै निर्वाचनमा होमिएर देखाउँदा हुन्छ। एमाले दैलेखको एक नम्बर पार्टी हो सधैँ भई नै राख्छ। गठबन्धन नै आयो भने पनि डराउनुपर्ने अवस्था छैन। हामी डराउने मनस्थितिमा पनि छैनौँ। जनताले हाम्रा कामको मूल्यांकन गरेका छन् मुलुकको विकासका लागि एमालेबाहेक अरूको सम्भावना छैन भन्ने जनतामा छाप परेको छ।

तपाईंहरूले बहुमत ल्याउने आधार के के छन्? एमालेलाई जनताले परीक्षण गरिसकेनन् र?

हामीले बहुमत प्राप्त गर्ने धेरै आधार छन्। हामीले निष्ठाको राजनीति गरिराखेका छौँ। एमाले नेपाली कम्युनिष्टको मूल प्रवाह हो भन्ने कुरा स्थापित गरिसकेका छौँ।

हाम्रो पार्टीको उद्देश्य भनेको नेपाली समाजमा आमूल परिवर्तनसँगै राष्ट्रलाई विकासमा रूपान्तरित गरेर देशलाई हरेक क्षेत्रबाट अगाढि बढाई नागरिकहरूको इच्छा, अपेक्षा र चाहनाअनुसार काम गर्नका निम्ति हामीसँग प्रस्ट राजनीतिक नीति÷नेतृत्व छ। हामी देश राष्ट्र र राष्ट्रियता प्रति स्पष्ट छौँ।

एमालेले जनता र राष्ट्रका निम्ति खेलेका भूमिका विगतमा प्राप्त गरेका जिम्मेवारीको उपयोग नागरिकका समस्या समाधान गर्ने इच्छा शक्ति विकासे कामको प्राथमिकता यी सबै कुराहरूलाई साथमा राखेर हामी जनताको बीचमा जान्छौँ।

जनताले हाम्रो इमानदारिता, तटस्थ विकासप्रतिको प्रतिबद्धता बुझ्नुभएको छ। यही कुराले आउने निर्वाचनमा पहिलो पार्टी एमाले नै भन्ने धेरै आधारहरू छन्।

दैलेखमा एमाले छोडेर समाजवादीमा लागेकालाई समेट्ने योजना बनाउनुभएको छ?

हामीले छलफललाई तीव्रता दिएका छौँ। एमाले छोडेर बाटो बिराएकाहरू मूल नेतृत्वमा फर्किनुहुन्छ यो कुरामा म विश्वस्त छु। उहाँहरू जाने ठाउ नै छैन मूलबाटो समाते पो गन्तव्यमा पुगिन्छ। गोरेटाहरू हाँगाबिंगा समातेर कहीँ पुगिँदैन ती कुराहरू उहाँहरूले पनि बुझ्नुभएको छ।

दैलेखमा एमाले अन्य दलसँग चुनावी तालमेल गर्ने अवस्था छ?

यो कुरा चुनावका बेला महसुस गर्ने विषय हो। वडा तहमा साना दलहरूसँग सहकार्य गर्न पनि सक्छौँ। कहीँ कतै सहकार्य हुँदैन भन्ने होइन। मूलभूत रूपमा हामी एक्लै प्रतिस्पर्धी हौँ सोही अनुसारकै एमालेले जिल्लामा गतिविधि केन्द्रित गरेका गरेको छ।

तपाई एमाले दैलेखको ०४८ सालदेखि अध्यक्ष पदमा हुनुहुन्छ पुस्तान्तरणका विषयमा कहिले सोच्‍ने?

पुस्ता हस्तान्तरण भन्ने कुरा क्रमिक रूपमा हुँदै आउने कुरा हो। ०४८ सालमा म पार्टीको संस्थापन प्रमुख भएर दैलेखमा एमालेको स्थापना गरेका हौँ। ०५२ मा नेमकिपाबाट आउनुभएका साथीहरूलाई पार्टीको प्रमुख पद जिम्मा दिएर म पार्टीको गतिविधिमा लागेँ छैटौँ जिल्ला अधिवेशनबाट सबैको सहयोगले पुनः निर्वाचित भएर आएको हुँ।

गाउँगाउँमा अस्पताल निर्माण गर्ने र दुर्गमका नागरिकलाई सुलभ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले दैलेखका सबै स्थानीय तहमा डाक्टर सहितका अस्पताल सञ्चालनमा छन्। एमालेको एक गाउँ एक डाक्टर अभियानले सार्थकता पाएको छ।

पछिका दिनमा पुनः संरचना तिन तहको निर्वाचन पार्टी एकताका कुरा बीचमा देखिएका मतभेद लगायतका कुराहरूले आठ वर्ष पार्टी प्रमुखको भूमिकामा रहेर काम गरेँ। अहिले पनि सबै साथीहरूले पार्टीमा आवश्यकता देखेर विगतको नेतृत्व सफल महसुस गरेर जिम्मेवारी सुम्पिनुभएको हो। अध्यक्ष अलि पुरानो छु। अन्य साथीहरू युवा नै हुनुहुन्छ सबै कुरा क्रमिक रूपमा अघि बढेको छ। लगनशीलता पार्टीमा रहेर संगठन र जनताका लागि काम गर्नेको सधै उचित मूल्यांकन हुन्छ हुँदै आएको छ।

तपाई संघीय सांसद पनि हो निर्वाचनताका जनतासँग गरिएका बाचा कति परा गर्नुभयो?

हामीले निर्वाचनताका जनतासँग पाँचवटा कुराको कमेन्ट गरेका थियौँ। दैलेखमा निर्माण भइरहेको मध्यपहाडी राजमार्गको अवरोध हटाई विकासे गतिलाई अघि बढाउने अहिले सबै समस्या समाधान भएर दैलेखमा मध्यपहाडी सडकको कामले तीव्र गति लिएको छ।

निर्वाचन क्षेत्रभरका ४६ वटा वडाहरूलाई अँध्यारो मुक्त बनाउने भन्ने थियो निर्वाचन जितेको पहिलो वर्षबाट विधुतीकरणको कामले तीव्रता लिएको छ। अर्को संघीयतापछि दैलेखका व्यापारी केन्द्रहरू पछि परेको कुरालाई ध्यानमा राख्दै उत्तरी नाका सञ्चालनका लागि बजेट विनियोजन गरी सडक निर्माणको कामलाई अघि बढाएका छौँ।

भैरवी हुँदै कालिकोट र महाबु हुँदै कालिकोट नाम्चे पुग्ने सडक निर्माणलाई अघि बढाएका छौँ। विगत दुई वर्षअघिबाट विभिन्न चरणका कामहरू भइरहेका छन्। यी सडकहरूले दैलेखको व्यापार व्यवसाहेसँग प्रत्यक्ष सम्बन्ध राख्‍नेछन्।

स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्ने कुरा उठाएका थियौँ। नौमुले, महाबु र डुंगेश्वर गाउँपालिकाको मुकामसम्म पुग्ने सडक कालो पत्रेको काम अघि बढेको छ। अन्य स्थानीय तहका मुकाम सम्मका सडक कालोपत्रे गर्ने कामका धेरै चरण पार भएका छन्।

गाउँ गाउँमा अस्पताल निर्माण गर्ने र दुर्गमका नागरिकलाई सुलभ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले दैलेखका सबै स्थानीय तहमा डाक्टर सहितका अस्पताल सञ्चालनमा छन्। एमालेको एक गाउँ एक डाक्टर अभियानले सार्थकता पाएको छ। शिक्षाका क्षेत्रमा काम भएका छन्। कृषिको क्षेत्रबाट जनताको जीवनस्तर सुधार्ने काम गर्दै आएका छौँ। यसमा स्थानीय सरकारदेखि सबै तहका सरकारको सहयोग छ। 

दैलेखको पेट्रोलियम पदार्थ उत्खननको काम किन सुस्तायो?

दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत पहिलो चरणको काम सकिएको छ। कोरोना महामारीका कारण अन्य चरणका काममा केही ढिलाइ भएको जस्तो देखिएको छ। काठमाडौँ पुगेपछि यहाँको पेट्रोलियम पदार्थ उत्खननको अवस्था के हो। अन्य चरणका कामहरू कहिले सुरु हुन्छन् लगायतका कुरा बुझेर छिटै काम अघि बढाउन आग्रह गर्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.