|

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत चैनपुर–११ गहतेमा प्रदेश १–०२–००३ त १५१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चाकलको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चैनपुर नगरपालिका–३ पोखरीका २४ वर्षीय दिनाङ लिम्बु रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

शनिबार दिउँसो १२ बजे ट्याक्टर दुर्घटनामा परेर घाइते भएका लिम्बुको मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर सडक बाट १० मिटर तल खसेको थियो।  घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.