|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको पार्टीका शीर्ष नेता पोखरा जाँदै छन्। प्रचण्ड पोखरा आउने भएपछि प्रदेशसभा बैठक नै स्थगित गरिएको छ। 

पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायतको नेतृत्व पोखरामा आउन लागेको  माओवादी गण्डकीका अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन्। 

अध्यक्ष गुरुङका अनुसार प्रशिक्षणमा गण्डकी प्रदेशमा कार्यक्षेत्र हुने पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, जबस मोर्चाका केन्द्रीय पदाधिकारी, प्रदेश समितिका सदस्य र प्रदेश सल्लाहकारहरु सहभागी हुनेछन्।

प्रचण्ड पोखरा आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ। उनी आउने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको प्रदेशसभा बैठक सोमबारका लागि सारिएको हो। 

कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको कानून, सञ्‍चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.