|

काठमाडौं : विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना भएका छन्।

संखुवासभाको चैनपुर नगरपालिका-११ गहतेस्थित सडकमा को.२ त ४२९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ७ मिटर तल खोल्सामा झरेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, सल्यानको शारदा नगरपालिका-१ सुनसरीस्थित सडकमा रा.४ प ९१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल श्रीनगर हुँदै  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालक सितलपाटी बस्ने २६ वर्षीय निरज सिंहको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ।

त्यसैगरी, बैतडीको दशरथ चन्द नगरपालिका-१० जिल्लास्थित सडकमा सु.प.प्र ०१- ०० २ त ५५९८ नम्बरको ट्याक्टर पल्टिएर शनिबार राति दुर्घटना हुँदा चालक बर्दिया घर भएका ३१ वर्षीय अर्जुन थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, पर्साको ठोरी गाउँपालिका-३ स्थित सडकमा प्रदेश २-०३-००१ ह ६२८ नम्बरको अटो अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ३५ वर्षीय वीरबहादुर बिश्वकर्माको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ३ जनालाई उपचारका लागि सोही गाउँपालिका-५ स्थित उन्नति मेडिकल सुवर्णपुर पठाइएको छ।

यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका-२ बैजुडाँडामा से.२ प ९६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ रिछाह बस्ने ३० वर्षीय हस्ते चौधरीको मृत्यु भएको छ। शुक्रबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.