|

सल्यान : सडक निर्माणको क्रममा झरेको पहिरोले एक्स्काभेटर पुरिँदा राप्ति लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ। 

गएराति करिब साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको एक्स्काभेटर पुरेको थियो। अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबाट एक्स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन्। पहिरोसँगै झरेको ठुला ठुला ढुङ्गाले स्काभेटरलाई च्यापेको छ। निकै जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।

पहिरो झरेको स्थानमा अर्को एउटा एक्स्काभेटर भए पनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङ तर्फबाट अर्को एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ। आज दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.