|

मकवानपुर : हेटौंडा उपमहानगरपालिका–१९ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधवार राति भएको दुर्घटनामा राक्सिराङ गाउँपालिका–८ का २८ वर्षीय सागर स्याङ्तानको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको खाली ट्रयाक्टर बुधवार राति २ बजे दुर्घटना भएको हो। राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा पुल भाचिँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए।

मृतक स्याङ्तान ट्रयाक्टर चालक हुन्। उनको शव पानीमुनि ट्रयाक्टरले चापिएको अवस्थामा राति साढे ३ बजे फेला परेको प्रहरीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.