|

ललितपुर : नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गठबन्धनविरुद्ध डटेर लड्न एमाले तयार रहेको बताएका छन्।

एमालेले सधैँ राष्ट्रियताको झण्डा माथि उठाउने काम गरेको भन्दै उनले गठबन्धनका दलहरू मिले पनि एमालेलाई हराउन नसक्ने ठोकुवा गरे। अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा यो निर्वाचन रहेको उनको तर्क छ।

ललितपुरको गोदावरी नगर कमिटीले शनिबार टाहाखेलमा गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले बिन्तीपत्र हालेर बनेको गठबनधनले आफ्नै स्वार्थ मात्र हेर्ने आरोप लगाए आर्थिक विकास र समृद्धि अहिलेको आवश्यकता रहेको बताउँदै उनले राष्ट्रियता बलियो बनाउन एमालेको विकल्प नभएको दाबी गरे। कार्यक्रममा विभिन्न दल परित्याग गरी आएकालाई पार्टीमा प्रवेश गराइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.