|

काठमाडौं : नेपाल, पपुवा न्यगिनी पीएनजी र मलेसिया सम्मिलित त्रिकोणत्मक ट्वेन्टी ट्वेन्टी सिरिज आज काठमाडौंमा शुरु हुँदैछ। 

सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यगिनी पीएनजीसँग दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपाल र पीएनजीबीच १ पटक मात्र खेल भएको छ। आईसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट अन्तर्गत पीएनजीसँग सन् २०१५ मा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो। 

७ वर्षपछि ट्वेन्टी ट्वेन्टी खेल्न लाग्दा त्यस समय टोलीमा रहेका करण केसी र सोमपाल कामी मात्र यस पटक पनि पीएनजीविरुद्ध खेल्दैछन। सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्नेछ। मलेसियासँग अहिलेसम्म ६ खेल खेल्दा नेपालले ५ जित र १ हारको नतिजा निकालेको छ। 

यस सिरिजका ३ टोली मध्ये आईसिसीको वरियताका आधारमा नेपाल बलियो देखिएको छ। पछिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहँदा पीएनजी १९ र मलेसिया ३३ औं स्थानमा छ। 

घरेलु मैदानमा भएका ट्वेन्टी ट्वेन्टी खेलमा राम्रो नतिजा निकालेको नेपालले यस सिरिजमा नयाँ खेलाडीलाई प्रयोग गर्ने लक्ष्य लिएको छ। 

त्रिवि मैदानमा ८ ट्वेन्टी ट्वेन्टी खेल्दा नेपालले ७ खेल जितेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिज ३ वटै टोलीले २९२ खेल खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.