हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर आज (मंगलबार) कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ।
राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालमा समाहित भएको जनाएका हुन्। राप्रपाभित्र विचलनको आरोप लगाउँदै सापकोटा नेतृत्वको जिल्ला कार्यसमिति, क्षेत्रीय अध्यक्षहरू, पालिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू, प्रजातान्त्रिक महिला संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको हो।
विज्ञप्ति जारी गर्दै उनीहरूले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको साधारण सदस्य समेत नरहने उल्लेख गरेका छन्। राप्रपा नेपालका अध्यक्ष थापाले एक महिनाअघि गृहजिल्ला मकवानपुर आएर पार्टी परित्यागको घोषणा गरेका थिए। राप्रपा छाडेका उनले राप्रपा नेपाल पुनर्जीवित गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।