|

काठमाडौं : देशभरि पछिल्लो २४ घण्टामा ५ हजार १ सय ९२ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७७ जना संक्रमणमुक्त भएका छन्।

बुधबार कुनै संक्रमितको मृत्यु भएको छैन भने हाल देशभरि १ हजार १ सय ४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट कुल ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ। गएको २४ घण्टामा ७१ हजार ७२ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.