दैलेख : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली दैलेख पुगेका छन्।
जुम्लाको सिञ्जा र कालिकोटमा पार्टी प्रवेश र चुनावी सभामा सहभागिता जनाउन जाँदै गरेका अध्यक्ष ओली आज विहान दैलेख पुगेका हुन्।
एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माकाअनुसार जुम्ला र कालिकोटका विभिन्न कार्यक्रममा सहभागिता जनाउन जान लागेका अध्यक्ष ओली दुल्लु आइपुगेकाे बताए
दैलेखको दुल्लु आइपुगेका अध्यक्ष ओली पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरि जुम्लाको सिञ्जा र कालिकोटमा पार्टी प्रवेश कार्यक्रममा जाने जनाइएको छ।
जुम्ला र कालिकोटमा पार्टी प्रवेश कार्यक्रम चुनावी सभा सकेर नेपालगन्ज हुँदै ओली आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।