निर्वाचनमा अझै मिलेर जाने सहमति

|
फाइल फोटो

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनलाई एकताबद्ध बनाएर लाने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनलाई एकताबद्ध बनाएर लाने निर्णय गरेको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले बताए। 

उनले भने, ‘बैठकले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने, स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको छ।’

यस्तै, बैठकले ६ वटा महानगरपालिकाको उम्मेदवारको निर्णय केन्द्रबाटै गर्नेसमेत निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.