|

काठमाडौं : कोरोना संक्रमण कम भएसँगै नेपालमा सक्रिय संक्रमित घट्दै गएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन्। 

आज २५ जना संक्रमित भेटिएका छन्। ४ हजार ९५१ मा गरिएको परीक्षणमा २५ जना संक्रमित भेटिएका हुन्। त्यस्तै, आज ८१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

२४ घन्टामा संक्रमणको कारण कसैको पनि मृत्यु भएको छैन। देशभर १७ जना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचाररत रहेका पनि मन्त्रालयले जनाएको छ। 

यस्तै, नेपालमा हालसम्म लक्षित जनसंख्याको ९३ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन्। त्यसैगरी, २१ लाख २९ हजार ५०२ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.