काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज तीनदिने भारत भ्रमणमा प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १:२५ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन्।
भ्रमण टोलीमा देउवा पत्नी आरजू राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन्। भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन्।
प्रधानमन्त्री देउवालाई दिल्ली विमानस्थलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले स्वागत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री देउवालाई बिदाई गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी गरेको थियो। प्रधानमन्त्रीको बिदाईका लागि मन्त्रीहरू तथा विभिन्न उच्च पदस्थ व्यक्तित्वहरू विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री देउवासहितको नेपाली टोली नेपाल वायुसेवा निगमकै विमानबाट आइतबार साँझ करिब ६:१० स्वदेश फिर्ता हुने कार्यक्रम छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।