|

काठमाडौं: गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन्। ४ वर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन्। 

शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या १०८ पुर्‍याएका हुन्। उपाध्यायले  एभरेस्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द बृटिस वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वल्र्ड रेकर्ड जस्ता विश्व वल्र्ड रेकर्ड प्रदान गर्ने संस्थाबाट रेकर्ड प्राप्त गरेका हुन्।

उनलाई २८ विश्व कीर्तिमान प्रमाण पत्र पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदान गरे।

कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले डा. उपाध्यायले श्रृजनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन सफल भएको बताए। ‘डा. उपाध्यायले आफूले आफ्नो सिर्जनाबाट मुलुकको पहिचान अझ उच्च बनाउने काम गरिरहनु भएको छ’, खनालले भने, ‘१०८ विश्व कीर्तिमान चानचुने कुरो होइन त्यसका लागि बधाई दिन्छु।’ पूर्वप्रधानमन्त्री खनालले आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्य गरेर अझ देशको नाम उच्च राख्न हौसला प्रदान गरे।

कार्यक्रममा उपाध्यायका ८ गीति एल्बम समेत एकसाथ विमोचन गरिएको थियो। यस अगाडि उनका २५ गीति एल्बम सार्वजनिक भएका छन् भने १२ वटा उपन्यास प्रकाशित छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.