काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ११ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३ सय ६० जनामा गरिएको परीक्षणमा ११ संक्रमित भेटिएका हुन्।
आज ९० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर ९ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।