|

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६–१ गोल अन्तरले हराएको हो।​

पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे। खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुआती अग्रता बनाएको थियो। १९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता २–० को बनाए।

खेलको ४२ औं मिनेटमा जोडेलले गोल गर्दै क्लेरमोन्टलाई २–१ को स्थितिमा ल्याए। ७१ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता ३–१ को बनाए। खेलको ७४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी ४–१ ले अघि रह्यो। ८० औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै टोलीलाई ५–१ को अग्रता दिलाए। त्यसपछि खेलको ८३ औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ६–१ गोलको जित दिलाए।

 जितसँगै पीएसजीले ३१ खेलमा ७१ अंक जोडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.