|

धनकुटा : धनकुटामा हावाहुरीले ५ घरधुरीमा क्षति पुर्‍याएकाे छ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र वडा नं. ९ का घरहरुमा क्षति पुगेको हाे।

क्षति पुगेका घरहरु पूर्ण क्षति भएका छन्, भने बाँकीको विवरण संकलन भइरहेको छ।

क्षतिको पूरा विवरण आइनसके पनि उद्धारमा जुट्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको  सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले जानकारी दिए।

उनले घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली खटाइएको समेत जानकारी दिए।

हावाहुरीको कारण मानवीय क्षति भने भएको छैन। ​

प्राप्त विवरण अनुसार हालसम्म  १० लाख बराबरको क्षति भएको धनकुटा प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.