|

काठमाडौं : नेपालमा अमेरिकी डलरको सञ्चितीमा कमि आएर संकट सिर्जना हुने अर्थविदहरुले चेतावनी दिइरहेका बेला छिमेकी मुलुक भारतमा पनि विदेशी मुद्राको सञ्चितीमा अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट आएको छ।

भारतीय केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको आँकडा अनुसार भूराजनीतिक घटनाक्रमका कारण मुद्रामा दबाब आउँदा भारतको विदेशी मुद्रा सञ्चिति ११।१७३ बिलियन डलर घटेर ६०६।४७५ बिलियन डलरमा सीमित भएको छ। जुन अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट भएको बताइएको छ।

भारतीय केन्द्रीय बैंकमा गत साता पनि विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको थियो। गत २५ मार्चमा समाप्त भएको गत सातामा विदेशी मुद्राको सञ्चिति २।०३ बिलियन डलर घटेर ६१७।६४८ बिलियन डलरमा झरेको थियो। 

विदेशी मुद्रा सञ्चितीमा यसअघि सबैभन्दा खराब गिरावट ११ मार्चमा भएको थियो। त्यतिबेला आर बी आईमा विदेशी मुद्राको सञ्चितीमा ९।६ बिलियन डलरको गिरावट आएको थियो।

विदेशी मुद्रा सञ्चितीमा भएको तीव्र गिरावट मुद्रा सम्पत्तिमा आएको गिरावटबाट प्रेरित रहेको जनाइएको छ। जुन १०।७२७ बिलियन डलर घटेर ५३९।७२७ बिलियन डलरमा सीमित भएको छ।

रुसले युक्रेनमा गरेको आक्रमणका कारण यतिबेला अन्तर्राष्ट्रिय मुद्रा बजारमा समस्या उत्पन्न भएको हो। 

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.