|

इटालियन सिरी ‘ए‘  फुटबलको उपाधि होड रोमाञ्चक बन्दै गएको छ।  शीर्षस्थानको एसी मिलान लगातार दोस्रो खेलमा बराबरीमा रोकिँदा तेस्रो स्थानको नापोली भने पराजित भएको छ। दुवै टिमको नतिजाले दोस्रो स्थानको इन्टर मिलानलाई भने फाइदा पुगेको छ।

शीर्ष स्थानमा रहेको मिलानले टोरिनोविरुद्ध गोलरहित बराबरीमा चित बुझाउन बाध्य भयो। पहिलो तथा दोस्रो हाफमा गोलका राम्रा अवसर सिर्जना गरे पनि मिलानले बराबरी टार्न भने असफल रह्यो।

त्यस्तै‚ अर्को खेलमा शीर्ष स्थानमा उक्लिने मौका नापोलीले गुमायो। फियोरेन्टिनासँग ३-२ ले पराजित हुँदा उसको सम्भावित शीर्ष स्थानको यात्रा गुमेको थियो। फियोरेन्टिनाको जितमा निकोलस गोन्जालेस, जोनाथन कोन र अर्थर कावरलले गोल गरे। घरेलु टोली नापोलीका ड्रिएस मेर्टिन्स र भिक्टर ओसिमहेनले गोल गरे पनि हार टार्न सकेन।

एसी मिलानको बराबरी र नापोलीको हारले भने दोस्रो स्थानको इन्टर मिलानलाई फाइदा भएको छ। खेलपछि ३२ खेलबाट एसी मिलान ६८ अंकका साथ शीर्ष स्थानमा छ। त्यस्तै‚ एक खेल कम खेलेको इन्टर मिलान ६६ अंकका साथ दोस्रो स्थानमा रहँदा नापोलीको ३२ खेलबाट ६६ अंकनै भए पनि तेस्रो स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.