|
रोयटर्स

रूसी सेनाले युक्रेनको राजधानी किभसहित, मारियोपोल, खार्किभ लगायत महत्त्वपूर्ण शहरमा लगातार आक्रमण गरिरहेको छ।

जहाँ भौतिक तथा मानवीय संकट उच्च बिन्दुमा पुगेको छ। शहरमा क्षतिग्रस्त भवन र लास छरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गत फेब्रुअरी यता युक्रेनबाट करिब ४० लाख शरणार्थी विस्थापित बनिसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ। यो तथ्यांक अझै बढ्न सक्छ। रूसले खार्किभलाई पनि निसाना बनाएको छ। जसले त्यहाँ खाना, ‍औषधि तथा खानेपानीको आपूर्तिमा कठिन बनेको छ।

स्वंयसेवकहरूले उनीहरूलाई खाना उपलब्ध गराइरहेका छन्। उक्त शहरमा युक्रेनले विभिन्न भूमिगत सेल्टर निर्माण गरेको छ। जहाँ हजारौं युक्रेनी आश्रय लिएका छन्।

केहि महिनादेखि उक्त सेल्टरमा बसिरहेका भ्लादिस्लाभ र भिटाली मामिनले आफ्नो परिवारसँग छुट्टिएर करिब एक महिनादेखि उक्त सेल्टरमा बसेको बताएका छन्।

यसैबीच रोयर्टसले युक्रेनको महत्वपूर्ण शहर खार्किभमा निर्माण गरिएका सेल्टरमा बसिरहेका युक्रेनी जनताको तस्वीर सार्वजनिक गरेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.