|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने व्यक्ति अहिले पनि सक्रिय रहेको दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र‚ समावेशी र समानुपातिक चरित्रको संविधानलाई रुचीकर नठान्ने जमात रहेको र उनीहरू सक्रिय रहेको बताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको संविधानलाई रुचीकर नठान्ने प्रवृति अहिले हामीले देखिरहेका छौँ‚’ अध्यक्ष प्रचण्डले भने‚ ‘कुनै न कुनै रुपले यसलाई विघटन गर्ने वा यसबाट अर्को दिशातर्फ लाद्ने कसरतहरु भइरहेका छन्।’  

उनले नेपालका लागि आम जनताले ल्याएको परिवर्तनलाई जनताले अनुभूत गर्ने गरी विकासमा गति लिनुपर्नेमा जोड दिए। यस्तै‚ बढ्दो शहरीकरण र त्यसबाट पैदा भएका समस्याहरूलाई समाधान गरेर शहर व्यवस्थापनमा ध्यान दिनु अबको आवश्यकता रहेको उनको सुझाव छ।

अध्यक्ष प्रचण्डले विकास निर्माणका लागि आवश्यक ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने पनि जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.