सुर्खेत : काइके गाउँपालिकाको सरहतारामा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाले विवरणमा रोक लगाएका छन्।
चार हजार ५०० जनसंख्या रहेको काइके गाउँपालिकामा सबैलाइ पुग्ने गरी चामल ढुवानी नगरे सम्म लिइएको चामल वितरण गर्न नदिने गाउँपालिका अध्यक्ष रानाले जानकारी दिए।
काइके गाउँपालिकामा अझै १ हजार ३०० क्विन्टल चामल ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कमलराज पाण्डेले बताए।
अहिले गएको जति चामल वितरण भइदिएको भए केही समस्या हल हुने प्रमुख पाण्डेले जानकारी दिए।
चामल वितरणमा रोक लगाएपछि नयाँ चामल लिनका लागि ठेकेदार कम्पनीलाई समस्या हुने उनको भनाइ छ।
पहिला लिएको चामल बिक्री गरेपछि मात्र ठेकेदारलाई आफूहरुले रकम भुक्तानी दिने गरेको उनले बताए।
गाउँमा आएको चामल समेत वितरण गर्न नदिएर गाउँपालिकाका अध्यक्षले राजनीति गर्न खोजेको काली रानाले बताए।
जुफाल र दुनैमा पनि चामलको मात्रा कम रहेको उनले बताए। मुस्किलले १ हजार क्विन्टल चामल रहेको उनकाे भनाइ छ।
जिल्लाकाे अन्य पालिकामा समेत खाद्यान्न अभाव रहेको उनले बताए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।