ब्याटिङतर्फ ३८ औँ स्थानमा

|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेद्रसिंह ऐरी आईसीसी टी–२० वरीयताको अलराउण्डरतर्फ शिर्ष १० मा परेका छन्।

आईसीसीले जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र शीर्ष १० भित्र पर्न सफल भएका हुन्। उनी वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्।यसअघि आइसिसिको अलराउण्डतर्फ पूर्वकप्तान पारस खड्का २५औं स्थान सम्म पुगेका थिए।

चैत १४ देखि २१ गतेसम्म घरेलु मैदानमा सम्पन्न मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मेलित टी–२० सिरिजमा नेपाल च्याम्पियन बन्दाका , दीपेन्द्रसिंह उत्कृष्ट खेलाडी थिए। सिरीजमा १ शतक र २ अर्धशतक हिर्काएका उनी सिरिजमा सर्वोत्कृष्ट खेलाडी बनेका थिए। कुल २ सय ५५ रन जोडेर ७ विकेट लिएका दिपेन्द्र प्लेयर अफ द सिरिज चुनिएका छन्। उनले फाइनलमा अविजित ५४ रन बनाउँदै ४ विकेट लिएका थिए। उनले अहिलेसम्म १ हजार ६६ रन बनाउँदा १५ विकेट लिइसकेका छन्।

सन् २०१७ मा आईसीसी विश्वकप लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलबाट सिनियर टोलीमा डेब्यू गरेका दीपेन्द्र अहिले टिमका सिनियर सदस्य भइसकेका छन्। पछिल्लो त्रिकोणात्मक श्रृंखलामा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई आराम दिँदा नेपाली युवा खेलाडीको मोर्चा उनले गतिलै सँग सम्हालेका थिए। राष्ट्रिय टोलीको उपकप्तानसम्म भएका उनी चार महिनाअघि नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरुबीच भएको विवाद उत्कर्षमा पुग्दा उनी पनि मुछिएका थिए।

खेलाडी ग्रेडिङमा असन्तुष्टि जनाएपछिे विवाद सुरु भएको थियो। आइसिसीको पछिल्लो वरियतामा दीपेन्द्र ब्याटिङतर्फ ३८औं स्थानमा छन्।

कुशल भुर्तेल ३६औं स्थानमा छन्। यस्तै आरिफ शेख पहिलो पटक वरियतामा समावेश हुँदै ९९औं स्थानमा रहेका छन्। टी–२० बलिङतर्फ कप्तान सन्दीप लामिछाने ३८औं स्थानमा छन्। अविनाश बोहरा ८६औं स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.