|

काभ्रे : जिल्लाको तेमाल गाउँपालिका–१ स्थित् सस्र्युखर्कका बालबालिकालाई तामाङ पोसाक वितरण गरेका छन्। सदगुण जागरण नेपालले नयाँ वर्षको अवसरमा आयोजित ‘डहुँन्हान सांस्कृतिक यात्रा’ कार्यक्रमबीच सस्र्युखर्कस्थित रहेको सदगुण बाल समूहका बालबालिकाहरुलाई तामाङ पोसाक वितरण गरेका हुन् ।

जागरण नेपालका केन्द्रीय अध्यक्ष धनदास तामाङले बाल समूहका ५० जना बालबालिकालाई पोसाक वितरण गरेको जानकारी दिए।

उनका अनुसार बालबालिकालाई एक लाख मूल्य बराबरको तामाङ पोसाक वितरण गरिएको हो। कार्यक्रममा बालबालिकालाई बुद्धको फोटो समेत वितरण गरिएको छ।

अध्यक्ष तामाङले गत वर्ष तिहारमा देउसी–भैलोबाट संकलन रकम ४८ हजार रुपैँया र बाँकी सहयोग रकमबाट पोसाक खरिद गरी बालबालिकालाई वितरण गरेको बताए।

त्यस्तै, बालबालिकालाई वडाभित्रका धार्मिक क्षेत्रको अवलोकनसँगै कस्तो काम गर्दा वा बोल्दा पाप लाग्छ, के गर्दा र कस्तो बोल्दा सबैको मायाँ पाउँछ जस्ता विषयमा प्रशिक्षणसमेत दिएको थियो।

सरस्वती तामाङ आफ्नो जातिको भेषभूषासँग जोडिएको पोसाक पाउँदा निकै खुसी देखिन्थे। उनी जस्तै खुसी देखिएका रश्मि तामाङ र अस्मिता तामाङले जातीय पोसाकमा सजिन पाउँदा धेरै खुसीको अनुभूति गरेको सुनाइन्।

यसले आफूहरूले पनि समाजमा केही गरेर देखाउनुपर्छ भन्ने सोच आएको बताइन्। कार्यक्रममा तामाङ पोसाक लगाएर उनीहरुमध्ये केहीले नृत्यसमेत प्रस्तुत गरेको थियो।

आफ्नो समुदायको भाषा, धर्म, संस्कृतिप्रति सानैदेखि सिक्न सकुन् र बालबालिकामा आपसी मेलमिलाप तथा अध्ययन लगयातमा सकारात्मक सोचको विकास होस् भन्ने उद्देश्यले पोसाक वितरण गरिएको आयोजकले जनाइएको छ।

तेमाल–१ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठका अनुसार वडाभित्र दच्छ्येलीङ ह्युलम्हेन्दो गुम्बा, गोकुलेश्वर महादेव मन्दिर, पञ्चकन्यदेवी मन्दिर लयात १२ वटा ऐतिहासिक गुम्बा तथा मठ मन्दिर रहेको छ।

उनले लामा पढ्नेहरुको लागि पनि वडाले सहयोग गरेको बताए।काभ्रेको तेमाललाई धार्मिक तथा साँस्कृतिक क्षेत्रको रुपमा चिनिन्छ । त्यस्तै तेमालको राजा रेन्र्जेन दोर्जेका पालामा सस्र्युखर्कमा जग्गाको कर बुझाउने ठाउँ अर्थात् मालपोत रहेको किंवदन्ती स्थानीय सुनाउँछन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.