|

काठमाडौं : ललितपुरका विभिन्न क्षेत्रमा आआफ्नै परिवेशका जात्रा चलिरहेका छन्। ललितपुर महानगरपालिकाको सुनाकोठीमा प्रसिद्ध बालकुमारीको जात्रा सुरु भएको छ। बिहीबार विहान भृङ्गेश्वर महादेव नजिकैको स्थानमा  लिङ्गो ठड्याएपछि बालकुमारीको जात्रा सुरु भएको स्थानिय वासीन्दाले बताएका छन्।

भृङ्गेश्वर महादेव थान नजिकै लिंगो उठाएपछि , बालकुमारीको जात्रा सुरु भएको छ , स्थानिय पुर्णभक्त डंगोलले भने र्,  झन्डै ३७ वर्ष अगाडीदेखी प्रयोग हुँदै लामो मोटो काठलाई लिंगोको रुपमा ठड्याएर पुजा गर्ने गरिएको छ। डंगोलका अनुसार १० जना नायाआजुले लिंगो उठाएका छन्। जात्राको दुईदिन पूर्व लिङ्गो उठाईन्छ। महादेवको प्रतितका रुपमा लिङ्गो उठाएपछि जात्रा शुरु भएको मानिन्छ। त्यो लिङ्गो तेस्रो दिनको रात अर्थात पुर्णिमाको दिन ढालिन्छ।

चैत शुक्ल चर्तुदशीका दिन शुक्रबार सुनाकोठीमा अवस्थित वालकुमारीको मन्दिरबाट , बालकुमारीलाई उठाएर खटमा राखी सुनाकोठी नगर परिक्रमा गराउने चलन छ। जात्राका अवसरमा बालकुमारी सहित महादेव , गणेश र कुमारलाई पनि छुट्टाछुट्टै खटमा राखेर घुमाउने परम्परा रहेको स्थानिय उमेश मर्हजनले बताए र्।  शुक्रबार वालकुमारीको खटलाई बोकर छाछ टोल पु¥याएपछि , गणेश र कुमारको पनि खट घुमाइन्छ , उनले भने र्,  वालकुमारीको जात्रामा सहभागी सबैलाई जल छर्किएपछि कोयलाछीमा राखीन्छ। यसरी जल सेचन गर्नाले रोगब्याध नलाग्ने विश्वास छ। कोयलाछीबाट पुर्णिमाका दिन चपाचप जात्रा अर्थात वालकुमारी लगायतका देवताको खटलाई दौडाएर जात्रा मनाइन्छ। यही दिन धौवजी अर्थात दहि चिउरा बाड्ने गरिन्छ।

जात्रामा बाजागाजा सहित चार देवताका खट घुमाईने चलन छ। गणेश महादेब कुमार र बालकुमारीका खट घुमाउने व्रmममा खट कतै रोक्न हुदैन र्।  खट घण्टौसम्म बोकिरहनुपर्छ मर्हजनले भने र्,  खटलाई टोलटोलमा घुमाउने व्रmममा निश्चित स्थानमा मात्र रोकिन्छ।

वालकुमारीलाई पुर्णिमाको मध्यरातमा मन्दिरमै लगेर पुनस्थापित गरेपछि जात्रा सकिने स्थानियको भनाइ छ। उनिहरुका अनुसार लिंगो पनि त्यसैवेला ढाल्ने परम्परा छ। जात्राका  बेला आप्mना नाताकुटुम्ब आफन्त र छोरीचेलीलाई निम्तो दिएर विभिन्न मासुका परिकार , जाँड , रक्सी , सगुन आदी खाने चलन पनि छ।

जात्रालाई स्थानिय नेवार समुदाय मात्र नभई अन्य समुदायले पनि मान्ने गरेका छन्। त्यहाँ वरपरका थापा , महत ,विष्ट लगायतका समुदायले वालकुमारी देवीलाई जात्राकै क्रममा बोकाको बलि दिने चलन रहि आएको छ।

चापागाउँ र लेलेको जात्राको तयारी

ललितपुर गोदावरी नगरपालिकाको चापाँगाउँमा पनि चैत शुक्ल पुर्णिमाका दिन जात्रा हुँदैछ। पुर्णिमाको अघिल्लो रातमा बज्रवाराही देवीलाई खटमा राखेर ल्याउने चलन छ। पुर्णिमाका दिन बज्रवाराहीलाई खटमा राखेर चापागाँउका विभिन्न टोलहरु परिक्रमा गराइने गरिएको छ। जात्राका क्रममा चापागाँउका श्रेष्ठ , मर्हजन , देशार लगायत अन्यले खट परिक्रममा सहभागीता जनाई देवीको दर्शन गर्ने परम्परा रहेको स्थानिय जितेन्द्र देशारले जानकारी दिए।

उनका अनुसार टीकाभैरत्रको जात्राका दिन चापागाँउका बुलुमीहरुले पनि जात्रा मनाउने गर्छन्। जात्राका बेला आफ्ना आफन्त र साथीभाइलाई बोलाएर भोज खुवाउने पनि गरिन्छ , उनले भने र्,  सिन्दुर एक आपसमा छ्यापाछ्याप गरेर खुसीयाली सहित सिन्दुरे जात्रा मनाएपछि चापागाँउको जात्रा सकिन्छ।

यसैगरी ललितपुरको लेले रिंगापुर शहरमा पनि पुर्णिमाका दिन मनाइने जात्राको तयारी लगभग सकिएको स्थानिए टीका मर्हजनले बताए। पुर्णिमाका दिन शनिबार त्यहाँ जयल कुमारी र बालकुमारीको जात्रा हुँदैछ। किम्बदन्तिका अनुसार टीकाभैरब देवताका पत्निका रुपमा जयल कुमारी र बालकुमारीलाई लिने गरिएको छ।

जात्राका बेला जयल कुमारी र बालकुमारीको मुर्तिलाई खटमा राखेर लेले शहर परिक्रमा गराईने परम्परा छ। लिच्छीवीकालीन अवशेष भेटिएको प्राचीन नगरी लेलेमा जात्राका बेला देवीलाई भात खुवाउने तथा सिन्दुरे जात्रा गर्ने चलन पनि छ।

लेले र छम्पिको सिमानामा रहेको टीकाभैरबको मन्दिर छेउमा पुर्णिमाका दिन टीकाभैरव जात्रा एवं मेला लाग्दैछ। नखु खोला र गंगा जमुनाको दोभानमा रहेको टीकाभैरबको दर्शन गरेमा पाप नास भइ पुन्य मिल्ने विश्वास छ। मेला भर्न चापागाँउ, छम्पि , लेले , देवीचौर , ठेचो , सुनाकोठी , झरुवारासी , बडिखेल , धापाखेल तथा अन्य स्थानबाट दर्शनार्थीको भिड लाग्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.