दैलेख : उद्योग वाणिज्य सङ्घ दैलेखको सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
शुक्रवार गरिएको सङ्घको नवौँ अधिवेशनबाट कुलबहादुर विकको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।
सङ्घको वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, वाणिज्य उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष राजेशकुमार हमाल, महासचिव प्रकाश पौडेल, सचिव अशोकुमार थापा र कोषाध्यक्ष सीताराम थापा चयन भएका छन्।
यस्तै, सदस्यहरूमा शमशेर मल्ल, ध्रुव विक्रम थापा, रामबहादुर विक, राधा ज्ञवाली, विष्णु कुमारी जैसी, रामबहादुर बुढा, गणेश बुढा, सन्तोष श्रेष्ठ, शङ्कर श्रेष्ठ, र अजित श्रेष्ठलाई चयन गरिएको छ।
शुक्रवार बसेको नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले गङ्गा राम ढकाल, कमलप्रसाद शर्मा, संदिप खाँण र गोविन्द कार्कीलाई सदस्यमा मनोनित गरेको छ भने निवर्तमान वरिष्ठ उपाध्यक्ष कविराज खत्रीलाई सल्लाहकार संयोजकमा मनोनित गरिएको जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।