|

काठमाडौं : इंग्ल्यान्डका बेन स्टोक्स टेष्ट टिमको कप्तान बन्ने संभावना बलियो बनेको छ।  पाँच वर्षपछि टेष्टको कप्तानबाट राजीनामा दिएका रुटको स्थानमा बेन स्टोक्सको नाम सर्वाधिक अघि छ।​

इंग्ल्याण्डका पूर्व स्टार रुटले शुक्रबार कप्तानबाट राजीनामा दिएका थिए। उनको स्थानमा स्टोकलाई कप्तानी दिनुपर्ने मत बलियो छ। यस्तोमा पूर्व कप्तान माइकल भगले बेन स्टोक्स अब्बल खेलाडीका साथमा राम्रो कप्तान गर्न सक्ने खेलाडी भएकाले सिनियर खेलाडीको साथ हुनु पर्ने मत राखे। 

पाँच वर्ष इंग्ल्याण्डको टेष्ट टिमको कप्तानी सम्हालेका रुटले अप्रत्यासित रुपमा कप्तानबाट राजीनामा दिएसँगै नयाँ कप्तानको खोजी हुन थालेको हो। 

यसअघि गत जुलाई देखी उनी मानसिक रुपमा आफु थकित भएको भन्दै क्रिकेटबाट विदा बसेका थिए। तर उनी एसेज सिरिजपछि पुनरागमन गर्न सफल भएका थिए।

चोटका कारण मार्चपछि स्टोक्सले  टिममा नियमित अभ्यास गर्न सकेका छैनन्। स्टोक्सले यसअघि इंग्ल्याण्डलाई अघिल्लो बर्ष कप्तानी गरेका थिए। जसमा पाकिस्तानलाई तीन शून्यले सिरिज जितेको थियो।​

इंग्ल्याण्डका पुर्व कप्तान नासिर हुसेनले पनि स्टोक्सलाई नै भविष्यको कप्तानका रुपमा लिएको बताए। रुटले कप्तानी छोड्न अगाडी कुल ६४ टेष्टमा कप्तानी गरेका थिए। जसमा २७ मा जित निकालेको थियो भने २६ मा हार ब्यहोरेको थियो । पछिल्ला ९ टेष्टमा इंग्ल्याण्ड लगातार पराजित भएको थियो भने १७ टेष्टमा एकमा मात्र जित निकाल्न सकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.