|

काभ्रे :  बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो। बौद्ध तेमाल जात्रा मूल समारोह समितिका अनुसार ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको बौद्ध तेमाल जात्रा चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजा पाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ।

बौद्ध तेमाल जात्रामा विभिन्न संघसंस्था, गुठी, क्लबले निशुल्क जुस, पानी वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। त्यस्तै बत्ती बाल्न र पूजा गर्न लामको व्यवस्था गरिएको छ भने बौद्ध परिसरमा तामाङ फापरे व्हाई, डम्फु व्हाई आदिमा नाचगान गरी रमाइ रहेकाहरु पनि उत्तिकै मात्रामा देखिन्छन्।

विशेषगरी जात्रामा तामाङ समुदायले दिवंगत आफन्तको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमि बत्ती बाल्दै लामा गुरुहरुद्वारा विशेष पूजा पाठ (ङोवा÷मोन्लम) गर्छन्। तर पछिल्लो समय सो अवसरमा गैर तामाङ समुदायले पनि दिवंगत आफन्तको सम्झनामा श्राद्ध गर्ने गरेको छ।

जात्रा सुरु हुँदा ताका तेमाल क्षेत्रका तामाङ मात्र सहभागी हुने भएकाले यसको नाम तेमाल जात्रा रहन गएको भनाइ छ। अहिले यस जात्रामा काभ्रेसँगै देशभका विभिन्न जिल्लाका तामाङ तथा गैह्र तामाङ समुदायका मानिस आउँने गर्छन्।

विभिन्न ११ संघसंस्था, स्थानीय बुद्धिजीवीहरूको संयुक्त रुपमा मुल समारोह समिति बनाई जात्रा आयोजना गरिएको हो। यस जात्रा  चैत्र पुर्णिममा मनाउने गर्छन्। शनिबार जात्रा स्वयम्भूमा समापन हुनेछ। सन् १९७९ मा युनेस्कोले धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको बौद्धनाथलाई विश्व सम्पदासूचीमा सूचीकृत गरेको थियो।

यस्तो छ किंवदन्ती

तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तूपको जीर्णोद्धार सम्पन्न भएको खुसीमा तेमाल जात्रा चलाएको किंवदन्ती रहेको छ। उनले १८९१ असोज २ मा तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ पनि छ। अहिले सरकारले यस जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको छ।

यस स्तूपको गर्भमा काश्यप बुद्धको अस्तुधातु राखिएको छ। चिन्तामणिका प्रतीक मानिने  अष्ट मण्डलकारको यो स्तूप नेपाली वास्तुकलाको अनुपम उदाहरण हो। बौद्धमार्गीले यस स्तूपलाई झ्यारुङ खस्योर छयोर्तेन भन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.