|

काठमाडौं : नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गर्न सर्कुलर जारी गरेको छ। 

महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्लाका अध्यक्ष र इन्चार्जलाई परिपत्र गर्दै सहमतिअनुसार पार्टीको प्रभाव हेरेर कार्यान्वयन गर्न निर्देशन दिएका छन्। त्यस्तै, राष्ट्रिय जनमोर्चाको विद्रोही समूहसँग पनि चुनावी तालमेल गर्न भनेका छन्। 

एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग सूर्य चिह्नबाटै चुनाव लड्ने गरी तालमेलको सहमति गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.