अनलाइन टेलिभिजन पत्रकार संघद्वारा खुशी व्यक्त
अनलाइन टेलिभिजन पत्रकार संघद्वारा खुशी व्यक्त
काठमाडौं : अनलाइन टेलिभिजन पत्रकार संघले पत्रकार कुश्लभ केसीमाथि भएको आक्रमणको घटनामा दोषीलाई पुर्पक्षका लागि थुनामा पठाईएको भन्दै खुशी व्यक्त गरेको छ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै संघले समाचार संकलनको क्रममा पत्रकार केसीमाथि खुकुरी प्रहार भएको घटनामा अहिले अदालतले दोषीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको भन्दै खुशी व्यक्त गरेको हो।
कृष्ण सुनुवार र विष्णुकुमार कार्की बीच भएको आपसी लेनदेनको विषयलाई लिएर झगडा भइरहेको अवस्थामा रिपोर्टिङ गर्न पुगेका पत्रकार केसीमाथि विष्णुकुमार कार्कीले अचानक खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहार भएको ६ महिनापछि उनलाई भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको संघले जानकारी दिएको छ। यसबाट थोरै भएपनि न्याय मिलेको आफूलाई महशुस भएको पीडित पत्रकार केसीले बताए।
उनले संघले अनलाइन पत्रकारलाई परेको पीडामा साथ दिएको भन्दै त्यसको लागि आभार र धन्यवाद व्यक्त गरे। साथै, उनले नेपालमा युट्युब पत्रकारहरु पीडित व्यक्तिहरुको आशाको केन्द्र बनेको पनि दाबी गरे।
पत्रकारहरुलाई अनावश्यक रुपमा फसाउन खोज्ने क्रम बढेको भन्दै सबै पत्रकार एकजुट भएर लड्नुपर्ने अवस्था आएको पनि उनले बताए।
कार्यक्रममा बोल्दै अनलाइन टेलिभिजन पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले ‘अनलाइन टेलिभिजन’ पत्रकारिता जगतको पाँचौ पुस्ता भएको भन्दै सबै पत्रकार आफ्नो पेशाप्रति इमानदार र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।